काठमाडौं। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले एक निर्माण कम्पनीलाइ कालोसूचिमा राख्ने चेतावनी दिएको छ। निर्माण व्यवसायीलाई जमानत जफत गरि कारवाही गरिने सुचना र घर ठेगानामा सूचना टाँस गर्दा समेत कार्यालयमा उपस्थित नभएपछि कालोसूतिमा राख्ने चेतावनी दिएको हो।
यो सूचना प्रकाशिन भएको मितिले १५ दिनमा श्री जिल्ला प्रशासनका कार्यालय जाजरकोटका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रतिनिधि र निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधिको रोहवरमा भएको काम र बाँकी कामको मूल्याङकन गरिने छ।
मूल्याङकन कार्यमा निर्माण व्यवसायीको प्रतिनिधी उपस्थिति नभए पनि नापजाँचमा कुनै बाधा नपर्ने कार्यालयले जनाएको छ। सार्वजानिक खरिद ऐन २०६३ तथा सार्वजानिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौतामा प्रावधान भए बमोजिम ठेक्का सम्झौता तोडी कालोसूचिमा राख्ने कार्यालयले जनाएको छ।
.JPG)