काठमाडौं। भारतको केरला सरकारले २० लाख गरिब परिवारलाई निःशुल्क इन्टरनेट दिने भएको छ। सरकारले विधानसभा निर्वाचन क्षेत्रका आधारमा पहिलो चरणमा हरेक क्षेत्रका सय परिवारलाई इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको हो।
यसको सुरुवात यही मे महिनाको अन्त्यबाट हुने जनाइएको छ । सन् २०१७ मा पिनाराई विजयन सरकारले ल्याएको यो कार्यक्रम हालको सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो ।
केरला अप्टिकल फाइबर नेटवर्क नाम दिइएको यस परियोजनाका लागि इन्टरनेट सेवा प्रदायक (आईएसपी) छनोटको काम अघि बढिसकेको परियोजना प्रमुख सन्तोष बाबुले बताए।
उनका अनुसार यो परियोजना अन्तर्गत ३० हजार सरकारी निकायमा समेत उच्च गतिको इन्टरनेट पुग्नेछ । गरिब परिवारको हकमा हरेक १.५ जीबीका दरले १५ एबीपीएस गतिको डेटा उपलब्ध हुनेछ ।