काठमाडौं। काठमाडौंको सुन्धारास्थित सीटीसी मल लिलामीमा बिक्री हुने भएको छ। मल निर्माणका लागि लिइएको ऋण तिर्न नसकेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलामी बिक्री गर्न लागेको हो।
उक्त मलमा घरजग्गा व्यवसायी इच्छाराज तामाङको ५० प्रतिशत सेयर रहेको छ। तामाङ हाल ठगी आरोपमा हिरासतमा रहेका छन्।
कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन्। सिभिल ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो। कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको हो।
कर्जा चुक्ता गर्न दिएको समय सीमा सकिँदा समेत सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि बढाएको हो।
.JPG)