काठमाडौं। धनगढी जिल्लाको घरघरमा खानेपानी पुगेको छ। जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानीका घरघरमा खानेपानि पुगेको हो।
कुनै समयमा खानेपानीको हाहाकार भएको गाउँमा विगत चार महिनादेखि निरन्तर खानेपानि आपूर्ति भएको छ। घरघरमा पानीको सुविधा पुगेपछि यहाँका स्थानीय हर्षित भएका छन्।
उक्त गाउँमा चार महिना अगाडी पानीको लागि एकले अर्को सँग झगडा गर्नु पर्ने अवस्था थियो। पानिको लागि कति दिदिबैनी सँग सम्बन्ध विग्रीएको स्थानीयले बताए।
गोदावरी नगरपालिका–११, वीरेन्द्रपुरमा ८ सय परिवारलाई धान्ने गरी गोदावरी खानेपानी योजना र सोही वडाको लिउसन टोलमा तारा खानेपानी योजना निर्माण भएपनि ओलानीका बासिन्दा घरघरमा पानी पुगेको हो। प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोदावरी नगरपालिका र विभिन्न दातृ संस्थाको सहयोगमा वडा कार्यलयमार्फत् खानेपानी योजना निर्माण भएको थियो। सबै वडाबासीलाई शुद्ध खानेपानी पुर्याउने लक्ष्य पूरा भएको बताइएको छ।