काठमाडौं। निर्माण कम्पनी बानियाँ निर्माण सेवा प्रालिले क्रेडिट रेटिङ्स पाएको छ। कम्पनीले बैंक जमानत, निर्माण उपकरण खरिद कर्जा, सवारी कर्जा, एल.सि, ओभर डाफ्ट, ठेक्काको आधारमा पाइने छोटो तथा लामो अवधिसम्मका कर्जा लगायत अन्य सम्पूर्ण बैकिङ सेवा गरि ८ अर्ब ७५ करोडको कारोबार तथा कर्जा सुविधाका लागि केडिट रेटिङ पाएको छ। केयर रेटिङ नेपालले ९१ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि डबल बी र सात अर्ब ८३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर क्रेडिट रेटिङ दिएको छ।
केयर रेटिङ्सद्धारा तयार गरिएको नयाँ क्रेडिट रेटिङ्स अनुसार कम्पनीले एकवर्ष १२८ प्रतिशतले आफ्ना नाफा बढाएको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले २०२१ मा दुई अर्ब २६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो।
कोरोना महामारीको असर अघि २०१९ मा कम्पनीले एक अर्ब ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। क वर्गको निर्माण कम्पनी बानियाँ निर्माण सेवाले सडक, पुल, सिंचाईलगायतका पूर्वाधार निर्माणको काम गर्दै आएको छ। सरकारी आयोजनाहरुको ठेक्कामा कम्पनीले काम गर्दै आएको छ। कम्पनीको अध्यक्ष वागमति प्रदेशका सभाषद इन्द्रबहादुर बानियाँ हुन्। आर्थिक न्यूजबाट