काठमाडौं। मुगुको सोरु गाँउपालिकामा रहेको नेपाल टेलिकमको टावरमा फेरि पनि तोडफोड भएको छ। पछिल्लो एक महिनामा सो टावर अज्ञात समूहबाट तीन पटक तोडफोड भएको हो।
स्थानीय तह निर्वाचनको समयमा शान्ति सुरक्षा प्रभावकारी बनाएको स्थानीय प्रशासनले दावी गरेपनि सो टावरमा एक महिनाभित्रै तीन पटक तोडफोड भएको स्थानीयको भनाइ छ।
सोरु गााउँपालिका–३ भिइ गाँउमा रहेको नेपाल टेलिकमको भिस्याट प्रबिधिको टावरमा पटक पटक तोडफोड भएको छ। टावर तोडफाड भएसँगै बिग्रे पछि सोरुसहित हुम्लाका विभिन्न गाउँपालिकामा पनि टेलिफोन सेवा अवरुद्ध भएको छ। अज्ञात समूहले टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रीलगायतका सामग्रीमा क्षति पुगेको छ।
पटक पटक मर्मत गरेपनि स्थानीयले सो टावरको संरक्षण नगर्दा सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय मुगुले जनाएको छ।