काठमाडौं। उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा ग२ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार बेलुका नारच्याङ स्थीत निलगिरी हाइड्रोपावरका लागि मकवानपुरको हेटौडाबाट सिमेन्ट ल्याएर अनलोड गरी भुरुङ तातोपानी तर्फ फर्कदै गर्दा मालारानी भन्ने स्थानमा दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बेनी–जोमसोम सडक खण्ड अन्तरगत भूरुङतातोपानी देखि अन्दाजी १५ किलोमिटर सहायक सडकमा दुर्घटना हुँदा गाडी सडक भन्दा करीब ६० मिटर तल खसेको बताइएको छ।
गाडीका चालक मकवानपुरको कैलास गाउँपालिका–५ का ३४ वर्षीय सन्तबहादुर तितुङ र अन्नपुर्ण गाउँपालिका–१ दोवा म्याग्दीका ४३ वर्षीय ट्रकका मालिक खुमबहादुर राम्जालीको मृत्यु भएको हो। दुर्घटनामा परे पछि दुवै जनालाई उपचारका लागि अस्पताल ल्याई पुर्याउँदा मृत्यु भै सकेको बेनी अस्पतालले जनाएको छ।