काठमाडौं। धनगढी जिल्लाको गोदावारी नगरपालिकाको आलानी गाउँका घरघरमा खानेपानीको सुविधा पुगेको छ। कुनै बेला पानीकै हाहाकार हुने ओलानीका घरघरमा खानेपानी पुगेको हो।
गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानीमा विगत चार महिनादेखि निरन्तर खानेपानी आपूर्ति भइरहेको छ। चार महिनादेखि पानिको सुविधा आएपछि आनन्न भएको स्थानीयले बताए।
ओलानीमा चार महिना अघिसम्म पानीका लागि टोलटोलमा हानथाप हुन्थ्यो। टोलभरिका लागि दिनमा एक पटकमात्रै पानी आउने धारा हुन्थ्यो। त्यही धारामा महिलाहरू पानी कुरेर बस्थे। पानी आएपछि तँछाड मछाड गर्दै पानी भर्थे। पानी भर्ने क्रममा भनाभन पनि हुन्थ्यो तर, अहिले विगत चार महिनादेखि यस्तो समस्या हटेर गएको भन्दै उनिहरुले खुसि व्यक्त गरे।
गोदावरी नगरपालिका–११, वीरेन्द्रपुरमा ८ सय परिवारलाई धान्ने गरी गोदावरी खानेपानी योजना र सोही वडाको लिउसन टोलमा तारा खानेपानी योजना निर्माण भएपनि ओलानीका बासिन्दा घरघरमा पानी पुगेको हो। प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोदावरी नगरपालिका र विभिन्न दातृ संस्थाको सहयोगमा वडा कार्यलयमार्फत् खानेपानी योजना निर्माण भएको थियो।