काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा आजदेखि चार दिनसम्म टिपर चलाउन नपाइने भएको छ। शुक्रवार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर बिहीवार बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यससँगै निर्वाचर्नलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जानकारी दिइएको छ ।
त्यस्तै उक्त कार्यालयले वैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा विक्री वितरणमा रोक लगाइसकेको छ । तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ विक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो ।