काठमाडौं। भारतमा विश्वको सबैभन्दा लग्लो सुरुङ निर्माण हुने भएको छ। हिमाचल प्रदेश र लद्दाखलाई जोड्ने गरी भारतमा विश्वकै सबैभन्दा अग्लो सुरुङ बनाउन लागिएको हो।
सीमा सडक संगठन (बीआरओ) ले हिमाचल प्रदेशलाई केन्द्र शासित प्रदेश लद्दाखसँग जोड्ने शिन्कुला पासमा सुरुङ निर्माण गर्ने योजना अघि बढाउने भएको छ। ४.५ किलोमिटर लामो हुने यो सुरुङ विश्वको सबैभन्दा अग्लो स्थानमा हुने दाबी गरिएको छ। बीआरओले समुद्नी सतहबाट १६,५८० फिट उचाइमा रहेको शिन्कुला पासमा बनाउन लागेको यो सुरुङ सन् २०२५ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। हाल चीन र पेरुमा विश्वको सबैभन्दा उँचो भागमा सुरुङहरू बनेका छन्।
दुवै देशमा रहेका उक्त सुरुङमार्गहरु समुद्नी सतहबाट १६००० फिटको उचाईमा पर्छन्। तीभन्दा पनि भारतमा बन्ने यो सुरुङ अग्लो हुने दाबी गरिएको हो। आगामी जुलाईबाट निर्माण सुरु गर्ने योजना रहेको बीआरओले जनाएको छ। यसले मनालीबाट जान्स्कर उपत्यका प्रवेश गर्नका लागि यात्राको समयलाई उल्लेखनीय रूपमा घटाउने बनाइएको छ।
संगठनका निर्देशक लेफ्टिनेन्ट जनरल राजीव चौधरीले पीटीआईलाई भारतका उत्तरी क्षेत्रहरूमा सडक निर्माण र मर्मत सम्भारको जिम्मेवारी बोकेको बीआरओले जुलाई २०२२ सम्ममा रेकर्ड तोड्ने सुरुङ निर्माण सुरु गर्ने बताएका छन्। हिमाचल र जंस्कर उपत्यकाबीचको रणनीतिक दृष्टिले महत्वपूर्ण सडक शिन्कुला पासमा आइतबार सुरुङ उद्घाटन गर्दै चौधरीले यस्तो टिप्पणी गरेका हुन्।