काठमाडौं। भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ। मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए।
उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ। अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ।
भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता रहेको छ। दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी हुन्। रातोपाटीबाट