काठमाडौं। नेपाल सरकार जलश्रोत तथा सिंचाइ विभाग कर्णाली नदी ब्यवस्थापन आयोजना बर्दियाले निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ। पहिलो पटक प्रकाशित गरेको सुचनाको बेवास्ता गरेपछि सो कम्पनीलाई कारबाहीको चेतावनी दिएको हो।
उक्त आयोजनाबाट गत बैशाख २६ गते प्रकाशित भएको सुचनामा सात दिन भित्र आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुनु पर्ने भनि उल्लेख गरिएको थियो। तर सो सूचनालाई बेवास्ता गरेको आयोजनाले जनाएको छ।
सूचनाको बेवास्ता गरि हालसम्म पनि राजापुर नगरपालिका वडा नं. ४ दलाईघाट स्थित कर्णाली नदिमा पूर्वी किनारा तर्फको निर्माण कार्य सुरु नगरेको आयोजनाले बताएको छ। नदी नियन्त्रण जस्तो अति संवेदनशिल कार्यमा के कति कारणले गैरजिम्मेवारीपन देखाई चरम लापरबाही हुन गएको हो। कुनै कारण भए सो को लिखित कारण सहित यो सूचना प्रकाशित मितिले पाँच दिन भित्रमा आयोजनामा उपस्थित भई निर्माण कार्य सुरु गर्न निर्देशन दिईउको छ।
यदि सो सूचनालाई पनि बेवास्ता गरिएमा ठेक्का सम्झौताको सर्त बमोजिम कारबाही अगाडी बढाईने आयोजनाले जनाएको छ।
