कञ्चनपुर। स्थानीय तहको निर्वाचनको मौका छोपेर कृष्णपुर नगरपालिका १ स्थित नवदुर्गा महिला सामुदायिक वनमा बनाइएका घर टहरा हटाइएको छ। उक्त टहरा हिजो हटाइएको हो।
सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका २२ वटा घर टहरा डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय बाणीले हटाएको हो।
‘स्थानीय तहको निर्वाचन भैरहेको मौका छोप्दै सामुदायिक वनका घर टहरा निर्माण गरिएको पाइयो’ डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार ‘वन कार्यालयको टोली र सामुदायिक वनका उपभोक्ताको सहयोगमा अतिक्रमण हटाएको हो।
वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्ने कार्य सँगै आर्थिक र भौतिक सहयोग गर्ने कार्य समेत वन ऐन २०७६ बमोजिम कसुर ठहर हुन्छ।
वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्ने र गराउने कार्यमा संलग्नलाई वन ऐन अन्तर्गत कारवाही हुने कार्यालयले जनाएको छ।