काठमाडौं। नेपाल सरकार आन्तरिक राजस्व विभागले राजस्व नबुझाउने निर्माण कम्पनी सहित अन्य ३४ कम्पनीलाई कारवाहिको चेतावनी दिएको छ। विभागले १५ दिन भित्र वाँकी कक्यौता कर रकम दाखिला गर्न निर्देशन दिएको छ।
उक्त कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका तपसिलमा उल्लेखित करदातालाई वक्यौता कर दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क गरिएको, पत्राचार गरिएको र संकलन भ्रमण गरी वक्यौता कर रकम दाखिला गर्न भनिएकोमा हालसम्म पनि दाखिला नदेखिएको विभागले जनाएको छ।
यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र वाँकी वक्यौता कर रकम दाखिला गर्नुहुन वा दाखिला गरेको भए सो को प्रमाण पेश गर्न विभागले अनुरोध गरेको छ।
अन्यथा आयकर ऐन, २०५८ को दफा १०३ देखि दफा १११ सम्मको कुनै प्रक्रिया र मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) बमोजिमको प्रक्रिया अपनाई असुल उपर गरिने विभागले जनाएको छ।
