प्यूठान। प्यूठानको फोप्ली स्वास्थ्य चौकीको छाना हावाहुरीले उडाएको छ। शुक्रबार साँझ आएको हावाहुरीले स्वास्थ्य चौकीको छाना उडाएको हो।
चौकीको करिब आधा भागमा रहेको छाना उडाएको छ। स्वास्थ्य चौकीको छाना उडाएपछि चौकीभित्रै पानी पसेको छ।
एक्कासी आएको हावाहुरीले स्वास्थ्य चौकीको छाना उडाएको थियो। स्वास्थ्य चौकीभित्रका कोठामा पानी जम्मा भएको छ।
अत्यावश्यक सामानहरु समेत पानीले भिझाएको छ । स्वास्थ्य चौकीको छाना उडाएपछि स्वास्थ्यकर्मी स्थानीयको घरमा बस्न गएका थिए।