काठमाडौं। नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका विष्णुगोपाल महर्जन जितेको भोलिपल्टै काममा खटिएका छन्। हेटौंडा उपमहानगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम सुरु गरेका हुन्।
उनले हेटौंडा–२ को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन्। वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जनको भनाई छ।
कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवारसहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन्।
