काठमाडौं। नेपाल सरकार आन्तरिक राजस्व कार्यालय कलंकीले लामो समयदेखि बुझाउनु पर्ने राजस्व नबुझाउने कम्पनीलाई कारबाहिको चेतावनी दिएको छ। कार्यालयले निर्माण कम्पनीसहित १४९ कम्पनीलाई कारबाहिको चेतावनी दिएको हो।
यो सूचना प्रकाशित भएको १५ दिन भित्रमा बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर तथा आयकर वक्यौता रकम दाखिला गर्न र दाखिला गरिसकेको भए सो को प्रमाण पेश गर्न जानकारी गराएको छ।
उक्त समय अवधि भित्र रकम दाखिला नगर्ने करदाताहरुलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ तथा आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ सम्मका प्रक्रियाहरु अपनाई व्यवसायीक कारोवार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानूनी कारबाही गरी वक्यौता असुल गरिने कार्यालयले जनाएको छ।
.jpg)