काठमाडौं। पप्पु कन्स्ट्रक्सन प्रा.ली सहित तिनवटा निर्माण कम्पनीको ठेक्का तोडिएको छ। नेपाल सरकार संघिय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन चन्द्रनिगाहपुरले ठेक्का तोडेको हो।
उक्त सडक डिभिजन कार्यालय अन्तर्गत तिनवटा निर्माण व्यवसायीले विभिन्न ठेक्काहरुको निर्माण कार्यको सम्बन्धमा नि.व्य बाट विभिन्न समयमा पेश गरेको संशोधित कार्यतालिका तगा समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता अनुसार निर्माण कार्य समयमै सम्पन्न गर्न सो कार्यालयले पटक पटक लिखित तथा मौखिक ताकेता गरेको थियो।
पटक पटक ताकेता गरी सूचना प्रकाशित गर्दा पनि माग गरिएको अवस्थामा चित्तबुझ्दो कुनै पनि प्रतिक्रिया नदिएको कार्यालयले जनाएको छ। प्रतिक्रिया चित्तबझ्दो नभएपछि सो सडक डिभिजन कार्यालयले ठेक्का तोडेको हो।
