काठमाण्डौं। भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकिछिन। महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ।
पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिन्। दाहालको यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइन। महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन्। यसका लागि वार्षिक दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ।
महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ। बोर्डका ३५ ग्राहक हजार छन्।
महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाखको जीवन बिमा गरिने भएको छ। महानगरकाका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ। सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन्।
राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो। एक जनालाई वार्षिक तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ। पन्ध्र वर्षपछि ती छोरीले एक लाख पाउने गरी बिमा गर्न लागिएको हो। आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको बताईएको छ।
पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताइन।