बागलुङ। बागलुङस्थित रहेको धौलागिरी अस्पताल परिसरमा अक्सिजन प्लान्ट जडान कार्य भईरहेको छ। त्यहाँ उपचार गर्न आउने बिरामीहरुलाई थप गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। कोरोना महामारीको बेला बिरामीहरु धेरै हुँदा अक्सिजनको अभाव हुने र बिरामीले समयमा नै अक्सिजन नपाउँदा ज्यान समेत गुमाउनु परेको दर्दनाक अवस्थालाई अन्त्य गर्ने लक्ष्यका साथ धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाइएको हो।
३ करोड लागतमा सो अस्पतालमा अक्सिजन प्लान्ट जडान भइरहेको छ। निर्माणाधीन अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ। सो काम छिट्टै सकेर सञ्चालनमा ल्याइने योजना रहेको छ। अक्सिजन प्लान्ट जडान पश्चात धौलागिरि अस्पतालले अझ उच्च स्तरीय र गुणस्तरीय सेवा प्रदान गर्ने छ। अस्पतालले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सो कार्यलाई अगाडी बढाएको हो। सो कार्यले त्यहाँको स्थानीय मात्र नभएर त्यहाँ उपचार गर्न आउने बिरामीहरु पनि खुसी भएका छन्। उक्त कार्यले बागलुङ जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुर्याउने छ।