काठमाडौं। हिमालयन हाइड्रोपावर लिमिटेडको १४औं वार्षिक साधारण सभा आगामी जेठ १८ गते हुने भएको छ। कम्पनीले जेठ १८ गते होटल पोखरा ग्राण्ड विरौटा पोखरामा साधारण सभा बोलाएको हो।
सभा दिनको १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आव २०७७र ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र ७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी सभाले स्वतन्त्र व्यवसायिक सञ्चालक नियुक्त गर्ने र नियमावली संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पनि पारित गर्नेछ ।