सोलुखुम्बुको पत्तालेबाट एफ.एम ब्याण्डको ९८ मेगाहर्जबाट रेडियो नेपालको परिक्षण प्रसारण सुरु गरेको छ।
रेडियो नेपालका अनुसार प्रदेश न.१ का विभिन्न जिल्लामा सेवा बिस्तार भएको हो। जहाँ अब रेडियो नेपाल प्रष्ट सुन्न सकिने छ। १५ औं पञ्चवर्षिय योजनाको समयअबधी भित्र देशका शतप्रतिशत भु-भगमा रेडियो नेपालको पहुँच बिस्तार गर्ने उदेश्यले प्रसारण बिस्तार गरिएको रेडियो नेपालका कर्यकारी निर्देशकले जानकारी दिनुभयो।
हाल ७ वटै प्रदेशमा प्रादेशिक प्रसारण कर्यालय र मुलुकका विभिन्न २५ स्थानमा एफ.एम रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले देश भरी प्रसारण सेवा बिस्तार गरिसकेको छ।