काठमाण्डौं । वषौँपछि विधालयले हडपेको सप्तपातल पोखरीले नयाँ जिवन पाउँने भएको छ । उक्त पोखरीको पुननिर्माण लगनखेलमा हुने प्रतिवेदन तयार पारेको हो । यो भन्दा अगाडिनै अदालतले मच्छिन्द्र स्कुल नामको दर्ता खारेज गरेपछि मात्र पुननिर्माणको पक्रिया अगाडि बढाइएको थियो ।
महानगरले ४ करोड रुपैयाँ छुट्याएको पोखरी निर्माण मच्छिन्द्र स्कुलले बनाएका टहराहरु भत्काएर बनाउन लागिएको हो । उक्त पोखरीको डीपिआर पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशेपानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायतको टोलीले तयार पारेको हो ।
महानगर प्रबक्ता राजु महर्जनका अनुसार पोखरीको काम छिट्टै सुरु हुने र विनियोजीत रकमबाट सो पोखरीको तारबार्ने , पाटी बनाउने लगाएतका धेरे काम हुनेछन् । उक्त पोखरी जोगाउन १५ वर्ष कानुनसँग लड्नु परेपनि पहिलाकै जस्तो पोखरी बनाई कमल फुल फुलाउने भन्दै स्थानीयले खुसी व्यक्त गरे ।
३५ रोपनि जग्गामा निर्माण हुन लागेको उक्त पोखरी सर्वोच्च अदालतले २०७६ मा मच्छिन्द्रको नाममा भएको जग्गाको लालपुर्जा फेरेर पोखरीको नाममा पुर्जा दिन आदेश दिएको थियो ।
उक्त पोखरी निर्माण हुने भएपछि त्यस ठाउँका स्थानिय वासिन्दामा खुसि छाएको छ ।