काठमाडौं। गएराति उयदपुरमा विद्युतीय झट्का (करेन्ट) लागेर एकजनाको निधन भएको छ। आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लाग्दा जिल्लाको चौदण्डीगढी नगरपालिका ४ का ४७ वर्षीय धनकुमार राईको निधन भएको हो।
शनिबार राति ९ बजे खाना खाएर सुत्ने तरखरमा रहेका राई ढोका लगाउने क्रममा अकस्मात तारले छुन पुग्दा गम्भीर घाईते भएका थिए। तत्काल उद्धार गरी चौदण्डीगढी अस्पताल बेलटार ल्याइएकोमा उपचारको क्रममा आधा घण्टापछि निधन भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।
उनको शव बेलटार अस्पतालकै शवगृहमा राखेर पोष्टमार्टमको तयारी भईरहेको छ।