बागलुङ। बागलुङमा आधुनिक बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ। लामो समय देखि सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण बागलुङ नगरपालिकाको पहलमा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। बागलुङमा व्यवस्थित बसपार्क बनाउन १९ वर्ष अघि स्थानीयले निःशुल्क जग्गा दिए पनि बसपार्क निर्माण दुई वर्ष अघिमात्र सुरु भएको स्थानीयको भनाई रहेको छ।
बागलुङको दाबगरामा आधुनिक बसपार्क निर्माणका लागि १९ वर्ष अघि नै स्थानीय ५२ जना जग्गादाताले निःशुल्क जग्गा दिए पनि बसपार्क निर्माण दुई वर्ष अघिमात्र सुरु भएको स्थानीयको भनाई रहेको छ।बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनियरले जानकारी गराएका छन्।
दुई वर्षअघि एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। हाल टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको छ भने पार्किङ स्थल कालोपत्रेको काम भइरहेको छ। निर्मान भइरहेकाे आधुनिक बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सकिने साथै टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ पनि गर्न मिल्नेछ।