तनहुँ। पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ।
गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका हुन्।
गत सोमबारबाट स्वास्थ्यमा समस्या देखिएका गुरङलाई आफन्तले बारपाकबाट एम्बुलेन्समा दमौली ल्याएका थिए। तर पहिरोले सडक अवरुद्ध भएकोले उनीहरुले दमौलीमा हेलिकप्टर बोलाएर बिरामी काठमाडौं लगेका हुन्।