म्याग्दी। म्याग्दी अन्तर्गतको बेनी नगरपालिका–२ को ज्यामरुककोटमा पूर्वाधारको विकास निर्माण भएको छ। सो क्षेत्रमा पदमार्ग, मन्दिर, विद्युत् सञ्चारलगायतका पूर्वाधारको विकासको निर्माण भएको हो। त्यसैले पूर्वाधारको विकास भएसँगै उक्त स्थानमा पर्यटक आउने सम्भावना पनि बढेको छ।
पर्यटकको गन्तव्य स्थल रहेको सदरमुकाम बेनीबजारदेखि करीव ४ किलोमिटरको दूरीरमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने अत्यधिक पूर्वाधारहरु निर्माण गरीएको छ।
सो क्षेत्रबाट धवलागिरि, निलगिरि, माछापुच्छ्रे, चुरेन, गुर्जालगायतका नौ वटा हिमश्रृंखाका साथै दर्जनौं गाउँ, वनजंगल र नदीहरूको नागबेली जस्ता दृश्यसमेत अवलोकन गर्न सकिने छ।