काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो।
तामाङलाई मंगलबार अपरान्ह ४ बजेतिर करेन्ट लागेको थियो।करेन्ट लागेपछि उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।
शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।