तनहुँ। तीन करोड लागतमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा प्राकृतिक चिस्यान केन्द्र निर्माण भइरहेको छ। नगरपालिकामा उत्पादित वस्तुहरुको संरक्षण गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो।
सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको रु दुई करोड गरी कूल रु तीन करोडमा चिस्यान केन्द्र निर्माण भइरहेको हो। प्राकृतिक चिस्यान केन्द्र निर्माण भएपछि त्यहाँ उत्पादन भएको उत्पादित बस्तुहरुको उचित व्यवस्थापन हुने भएको छ। त्यसैले गर्दा त्यहाँको स्थानीय तथा कृषकहरु खुसि भएका छन्।