काठमाडौं। काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष ०७८/०७९ मा महानगरका सार्वजनिक जग्गामा पार्क निर्माण भएका छन्। सार्वजानिक जग्गामा २५ वटा पार्क निर्माण भएका हुन्।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले २२ वटा पार्क निर्माणाधीन पनि रहेको जानकारी दिए।
सो आर्थिक वर्षमा ३ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएका छन्। वडा नम्बर ६, २१, २२ को भवन निर्माण सम्पन्न भएको मेयर बालेन्द्र शाहले बताए। यस्तै, वडा नम्बर १२ र ३१ को भवन निर्माण कार्य अन्तिम अवस्थामा रहेको उनले बताए।
यस्तै, ३ वटा दमकल पनि खरिद गरिएको उनले जानकारी दिए। सेवामा थप प्रभावकारी बनाउन ६ वटा सहकारी एकीकरण भएका छन्। काष्ठमाण्डप पुनर्निर्माण कार्य सम्पन्न भएको र साढे १६ किलोमिटर सडक कालोपत्रे भएको उनले जनाए।