बैतडी । निरन्तर वर्षा भएका कारण जिल्लामा विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ । बैतडीमा सोमबार साँझबाट विद्युत् र नेपाल टेलिकमको सेवा अवरुद्ध भएको हो ।
विद्युत तथा टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाबासी समस्यामा परेका छन् । अत्यावश्यक कामका लागि समेत टेलिफोन सम्पर्क नहुँदा समस्या भोग्नु परेको उनीहरुको गुनासो छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको स्थानीयको गुनासो छ ।
वर्षाका कारण पहिरो खस्दा जिल्लाका विभिन्न स्थानमा सडक समेत अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । वर्षा निरन्तर भइहरको कारण पहिरो पन्छाउन समस्या भएको बताइएको छ ।