वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले तीन अब ३३ करोडको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो ।
शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।
७५३ वटै स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।
१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान (समानीकरण, सशर्त, विशेष र समानीकरण), राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।