काठमाडौं। भरतपुरको खहरेखोलामा लेदो झरेर राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।
लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
सडकमा पुनः ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको छ।