पाल्पा। अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ।
पाल्पा बुटवल सडकखण्डको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मका विभिन्न ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको हो। दर्जनौं ठाउँमा पहिरो खसेको छ। अहिले पनि वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिन भएको छ। राजमार्ग कतिबेला खुल्ने हो, अन्योल रहेको कार्यालयले बताएको छ।
स्काभेटर र जेसिवी तयारी अवस्थामा रहेको छ। वर्षा भइरहेको छ। पहिरो खसिरहेको छ। कतिबेला राजमार्ग खुल्नेबारे भन्न सक्ने अवस्था छैन। सयौं यात्रु अहिले गन्तब्यमा पुग्न पाएका छैनन्।