काठमाडौं। साङ्गे विद्युत कम्पनीको विशेष साधारण सभा असार ३० गते हुने भएको छ । कम्पनीको विशेष साधारण सभा त्रिपुरेश्वरस्थित कार्यालयमा विहान ११ बजे शुरु हुने भएको हो।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र हालसम्मको संशोधनसहितको एकीकृत प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी सभाले नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा तथा एकीकृत प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।