काठमाडौं। कर्णाली नदी छेउछाउका होटेल ब्यवसायी र पैदल यात्रु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन्। स्वच्छ खानेपानीको ब्यवस्था नहुँदा अन्य बिकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुु पर्ने बाध्यता भएको हो।
पैदल यात्रुले दक्षिणी हुम्लाको कर्णाली नदीको छेउछाउमा पैदल यात्रा गर्दा धमिलो पानी पिउनुु पर्ने बाध्यता बताएका छन्। असारको बेला गर्मी धेरै हुने तर बाटोमा खानेपानीको ब्यवस्था कतै नभएको कारण माटोको लेदा र बालुुवा भएको पानी पिउनु पर्ने बाध्यता रहेको पैदल यात्रुले बताएका छन्।
यो समस्या बाजुुरा जिल्लासंगको सिमाना कवाडीदेखि खार्पुुनाथ गाउँपालिकाको छारेसम्म रहेको बताइएको छ। बाढी पहिरो जाने र हिमालको हिउ पग्लने भएको कारण खोलानाला र नदीको पानी बाक्लो लेदो सहित धमिलो हुँदै आएको छ। खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेमा बिगत आठ वर्षदेखि होटेल ब्यवसायीले वर्षेनी बर्खाको समयमा कर्णाली नदीको धमिलो पानी प्रयोग गर्दै आएको बताए।
पहिला खानेपानीको ब्यवस्था भएपनि बाटो पर्ने भएको कारण आफुुहरु होटेल बन्द गरेर घर गएको बेला खानेपानीको लाईमा आगलागी गरि दिएपछि पानी आउन बन्द हुँदा नदीको धमिलो पानी प्रयोग गर्दै आएको होटल व्यवसायीले बताएा छन्।