पाँचथर। फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा ७१ वर्षीय दलप्रसाद मगरका छोरा ४२ वर्षीय रुपलाल मगर, ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। पहिरोले घर बगाउँदा ७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार राति घर माथिबाट खसेको पहिरोले घर बगाएको थियो। पहिरोले घर बगाएको खबरपछि प्रहरी चौकी सिदिनको टोली घटनास्थल पुगेको थियो। बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ।