काठमाडौं। पाँचथरमा पहिरोमा बेपत्ता भएकामध्ये एकजना मृत अवस्थामा भेटिएका छन् । अविरल वर्षासँगै पहिरो गएर पाँचथरको फालेलुङ गाउँपालिका–७ बिहीदिनमा एक घर बगाउँदा तीनजना बेपत्ता भएका थिए ।
बेपत्तामध्ये रूपलाल मगरको शव भेटिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।
अन्य बेपत्ताको खोजिकार्य जारी रहेको उनले बताए ।
घर पहिरोले बगाउँदा ४२ वर्षीय रूपलालसहित उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएका थिए।