नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकामा अवस्थित नेपालगञ्जवासीले विकास निर्माणमा प्राथमिकता दिन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्रीलाईे आग्रह गरेको छ।
मन्त्रीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुखले यो भन्दा अगाडी प्रदेश सरकारले नेपालगञ्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताएका छन्।
नेपालगञ्जमा रहेका तालहरूको स्तरोन्नति गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदूषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माणलगायत विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुखले प्रदेश सरकारबाट ठूलो अपेक्षा राखिएको बताएका छन्।
त्यहाँ उपप्रमुखले नेपालगञ्ज क्षेत्रबाट निर्वाचित सांसद मन्त्री हुनु नेपालगञ्जवासीकै लागि अवसर भएको भन्दै हमाल मन्त्री भएपछि नेपालगञ्जबासीका अपेक्षा बढेको र विकासले पनि गति लिने विश्वास व्यक्त गरेकी छिन्। त्यस्तै सो कार्यबाट जिल्लावासी खुसी भएका छन्।
त्यस्तैप्रदेशका ठूला सहरलाई हरित सहर बनाउन योजना बनाइरहेको भन्दै उनले ठूला रूख रोप्नुपर्ने पक्षमा आफू रहेको लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री बताएका छन्। नेपालगञ्ज र बाँकेमा बोटानिकटल पार्क, जडीबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरोन्नतिलगायत नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रस्तुत माग पूरा गरीने भएको छ।