काठमाडौं। राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडकफराकिलो बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। सडकको ९० प्रतिशत सकिएको हो।
म्याग्दी र मुस्ताङको सिमाना स्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेभीरमा ६ महिना अघि देखि सडक फराकिलो बनाउन विष्फोटक पदार्थ मार्फत ब्लास्टिङ गरेर पहाड फुटाउन थालिएको थियो। आयोजनाका अनुसार एकहजार ६ सय मिटर भीर मध्य अव ५० मिटर मात्र फुटाउन वाँकी छ।
ब्लास्टिङ गरेर फुटाइएको स्थानमा सडक फराकिलो पारेर यातायात सञ्चालनमा सहज बनाइएको छ। भौगोलिक रुपमा अत्यन्त जोखिम र काम गर्न कठिन मानिएको अक्केभीरमा सडक फराकिलो पार्ने काम करिब ९० प्रतिशत सम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। वर्षातका मौसम भएकाले यतिखेर ब्लास्टिङको काम रोकएको छ। वर्षात सिजन सकिएपछि वाँकी काम सुरु गर्ने बताइएको छ।
काभ्रेभीरमा सडक निर्माण गर्नु आयोजनाकै सवैभन्दा ठूलो चुनौती थियो आयोजनाले बताएको छ। कम्तीमा दोहोरो सवारी आवतजावत हुने गरि सडक फराकिलो बनाउने लक्ष्य रहेको आयोजनाले बताएको छ। भीर फुटालेका स्थानमा सडक फराकिलो बनाई यातायात सञ्चालनमा ल्याइएको आयोजनाले बताएको छ।
भीरमा साढे ३ मिटर फराकिलो रहेको सडकलाई कम्तीमा आठ मिटरसम्म फराकिलो बनाइएको आयोजनाले जनाएको छ। बेनी–जोमसोम–कोरला सडकलाई ११ मिटर चौडा बनाउने मापदण्ड रहेपनि अक्करे पहाड भएकाले काभ्रेभिर क्षेत्रमा भने ६ देखि ८ मिटरसम्म फराकिलो बनाउने योजना थियो। उक्त भीर सवैभन्दा जोखिम र दुर्घटना हुने खण्डमा पर्दछ।
याे पनि:
निर्माण व्यवसायीको लापरबाही, २८ वर्षसम्म सडक निर्माणको प्रगति शून्य