लमजुङ। अविरल वर्षासँगै आएको बाढी पहिरोले गएरातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ।
सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएsf] 5।
वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यो सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो। लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ। मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएका कारण बिहानैदेखि सवारी साधन आवतजावत हुन सकेको छैन। सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन।