काठमाडौं। अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडक अवरुद्ध भएको छ। सो सडकमा सोमबारराती पहिरो जाँदा सडक भएको हो।
नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो।
पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन्। राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीयले बताए।
पानी परिरहेकोले फोन सम्पर्क हुनेबित्तिकै सडकको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउनुपर्ने स्थानीयले माग गरेका छन्।