स्याङ्जा। स्याङ्जाको पर्यटकीय शहर मिर्मिमा नेपाल टेलिकमको फाइबर सेवा शुरु भएको छ। नेपाल टेलिकम गल्याङले मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको इन्टरनेट सेवा सञ्चालन गरेको हो।
गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्रि नेटवर्क बनेको नेपाल टेलिकमले जनाएको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने कम्पनीले विश्वास लिएको छ ।
तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत ए ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरि सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराले जनाएको छ।
गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने पनि निर्देशनालयले जनाएको छ।
त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै “उच्च गति न्यून दर” को एफटिटिएच सेवा उपलब्ध गराईएको दूरसञ्चार कार्यालय पोखराले जनाएको छ।
यस सेवामार्फत उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङले जनाएको छ।
याे पनि:
टेलिकमको विभिन्न सेवाको महसुलमा नयाँ दर लागू