काठमाडौं। नेपाल निर्माण वयवसायी महासंघको प्रतिनिमिण्डलसँगको बिहिबार भेटमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने खालको कानुन निर्माण गर्नको लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रुपमा पुनर्लेखन गर्न आवश्यक रहेको बताएकी छिन्। त्यस्तै उनले निर्माण व्यवसायीमैत्री कानुन निर्माणमा सहयोग गर्ने जनाएकी छिन्। उनले निर्माण उधोग विकास र प्रवद्र्धन गरी गुणस्तरीय निर्माण कार्यमा जोड दिन जरुरी रहेको बताइन्।
निर्माण कार्य गुणस्तरीय हुनुपर्ने भएता पनि लो विडिङको कारण निर्माण उधोगमा समस्या देखिएको हुनाले निर्माण व्यवसायीहरुले निरन्तर आफ्नो क्षमता बढाउँदै लगि विदेशी व्यवसायीहरुबाट सीप सिकेर आफ्नो स्तरोन्ती गर्नुपर्ने कुरामा मन्त्री झाक्रीले जोड दिएकी छिन्।
महासंघको प्रतिमण्डलले धरौटी फिर्ता, बै.क क्रेडिट लाइनको खारेजी, बीमा शुल्क वृद्धिलगाएतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री झाक्रीसामु पेश गरेको छ। त्यस्तै बैंक ग्यारेन्टी नवीकरण निःशुल्क, आयकर मुल्य अभिबृद्धि करमा छुट, पुनकर्जाको वयवस्था, विधमान ऐन कानुन संशोधन आदी विषयहरुमा पनि मन्त्री झाक्रीलाई ध्यानाकर्षण गराएको छ।