दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गएराति परेको पानीका कारण बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयले सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जानकारी दिएको छ। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले बताएको छ।
पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा वेला–वेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।