लमजुङ। निरन्तरको वर्षाका कारण पहिरो खस्दाडुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिरोले सडक अवरुद्ध भएको हो।
रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन्।
गएरातिदेखि पानी निरन्तर परिरहको छ। लेदोसमेत बगिरहेको छ। पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ।