जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ताला लगाएका छन्।
मन्त्रालयले किसानको नाममा भ्रष्टाचार गरेको भन्दै बुधबार मन्त्रालयमा ताला लगाएका हुन्। उनीहरुले जनकपुरधाममा प्रदर्शन समेत गरेका छन् ।
कृषि मन्त्रीलाई नै जनकारबाही गर्ने उदेश्यले मन्त्रालय पुगेका जनमत पार्टीका कार्यकर्ताहरुले मन्त्री नभेटेपछि तालाबन्दी गरेर फर्केको बताएका छन्।
जनमत पार्टीले प्रदेशको कृषिमन्त्रीले कमिसन नपाएकै कारण कृषकले पाएको योजनाको भुक्तानी रोकेको आरोप लगाएको छ। उनीहरूले थप आन्दोलनको कार्यक्रमहरू पनि छिटै सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।