काठमाडौं। बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ। गाडीको आधा भाग पानीमा डुबेको छ।
केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन्। यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ।
सो सडकमा सामान्य वर्षा हुँदा पनि पानी जम्ने गरेको छ। सो सडकको अवस्थाबारे जानकारी नभएकाहरु त्यहाँ फस्ने गरेका छन्।
यसअघि २६ जेठमा पनि सोही पुलमुनि जमेको पानीमा गाडी फसेको थियो।
पछिल्लो समय नदी किनारमा करिडोर सडक बनेका कारण बागमती नदी आफ्नै धारमा बगेको छ।