काठमाडौं। नेपाल टेलिकमले साउन १ देखि समर अफर लागू गरेको छ। टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २० मिनेट भ्वाइस प्याक १५ रुपियाँमा उपलब्ध हुन्छ र एक दिनभर कल गर्न सकिन्छ भने एक सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपियाँमा उपलब्ध छ।
त्यसैगरी नयाँ अफरका रूपमा एक एमबीपीएस स्पिडको अनलिमिटेड डाटा एक दिनका लागि ४९ रुपियाँमा गराइएको टेलिकमले जनाएको छ । सबै नेटवर्कमा १०० एसएमएस एक दिनको लागि १५ रुपियाँ, २०० एसएमएस तीन दिनका लागि २९ रुपियाँ र तीनसय एसएमएस २८ दिनको लागि ९८ रुपियाँ उपलब्ध रहेको टेलिकमले जनाएको छ।
यो पनिः
स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको फाइबर सेवा शुरु