काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले प्रदेश सरकारको नेतृत्व गर्न नपाउँदा कर्णाली अझै विकासमा पछि परेको बताउनुभएको छ।
आतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले एमालेको कर्णाली प्रदेश सरकार बनाएको भए रूपरंग फेरिने दाबी गरे।
कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन नपाएकाले कर्णालीका जनताले संघीयताको फाइदा लिन नसकेको उनको भनाइ थियो।
कार्यक्रममा पोखरेलले कर्णाली पछाडी पर्नुमा एमाले जिम्मेवार नभएको प्रष्ट पारे। तर पनि अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्ने गरी लाग्न नेता तथा कार्यकर्ताहरुलाई उहाँले आग्रह गरे।
एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलाएको बताउदै उहाँले एमालेको बलियो किल्लाका रूपमा कर्णालीलाई स्थापित गर्न आग्रह गरे।
एमालेका नेता कार्यकर्ताको बानी र आचरण कम्युनिष्टको मर्मविपरित हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।
टिकट नपाएपछि घरमै बसिदिने, प्रचारप्रसारमा साथ नदिने र टिकट पाएको उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति एमालेमा मौलाएको उनले बताए।
स्थानीय चुनावमा कांग्रेसले गठबन्धन गरेर केही धेरै सिट जिते पनि एकल हिसावमा एमालेकै धेरै मत आएको उनको दाबी थियो।